ढाेरपाटन बाढी पीडितलाई जुट्यो ८० लाख बढी राहत, आउने क्रम जारी

आदर्श अनलाइन, बागलुङ

ढाेरपाटनका पीडितहरुका लागी हालसम्म ८० लाख रुपैयाँ राहत रकम संकलन भएको छ ।

बाढी पीडितहरुका लागि ढोरपाटन नगरपालिकाले एकद्धार प्रणाली मार्फत राहत वितरणलाई गर्ने नीति ल्याएपछि देश विदेशबाट नगरपालिकामा राहत जम्मा भएकाे छ ।

हालसम्म नगरपालिकाको दैवी प्रकोप राहत कोषमा हालसम्म ८० लााख २ हजार ३ सय ३६ रुपैयाँ जम्मा भएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयाे। अझै पनि राहत रकम आउने क्रम जारी रहेको उहाँको भनाई छ ।

पीडितका लागि आर्थिकसँगै खाद्यान्न लगायतका सामानहरु पनि धेरै सहयोग आएको उप–प्रमुख करमती पुनले बताउनुभयाे । उहाँले पीडितहरूलाइ चरण चरण खाद्यान्न लगायत राहत प्रदान गर्दै आएको बताउनुभयाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *