पोखरामा असोज ५ गतेबाट प्याराग्लाइडिङको उडान शुरु हुने, ६ महिनामा ५० करोडको घाटा

आदर्श अनलाइन, पोखरा
पोखरामा सञ्चालित सहासिक खेलकुद प्याराग्लाइडिङको असोज ५ गतेबाट व्यवसायिक उडान शुरु हुनेभएको छ ।

कोरोनाका कारण विगत ६ महिनादेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि असोज ५ गतेबाट नेपाल हवाई खेलकुद संस्था (ना)ले तयारी शुरु गर्ने जनाएको हो । नेपालको हवाई कम्पनीहरुले ५ गतेबाट नै उडान थाल्ने तयारीसँगै नाले समेत आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यवसायिक उडान शुरु गर्ने भएको अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।

पोखरामा सञ्चालित प्याराग्लाइडिङका ६० भन्दा वढी व्यवसायिक कम्पनीहरु बन्द रहेसँगै खोल्ने तयारी पनि थालिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो–“कोरोनाको जोखिमका कारण वन्द रहेका कम्पनीहरु खोलेर उडानका लागि बुकिङ शुरु गर्न भनेका छौं ।” उहाँले अहिले विदेशी पर्यटक भन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यवसायिक उडान शुरु गरिने बताउनुभयो ।

कोरोनाको जोखिम सँगै पोखरामा सञ्चालित प्याराग्लाइडिङ कम्पनीहरुले यो ६ महिनामा ५० करोडको घाटा व्यर्होनु परको नाका महासचिब बलराम आचार्यले बताउनुभयो । “यो समय नेपाली प्याराग्लाइडिङकै इतिहासमा निकै अप्ठ्यारो समय थियो” उहाँले भन्नुभयो–“यहि व्यवसायबाट आफ्ना परिवारको जोहो गर्ने ३ सय ७० भन्दा बढी पाइलट र उनिहरुका परिवार समेत समस्या उत्पन्न भयो ।” प्याराग्लाइडिङका लागि यो सिजन निकै सुहाँउदो भए पनि अब आन्तरिक पर्यटनमा भरपर्नु भएकोले उनीहरुको आर्कषणका लागि विशेष छुटमा उडानको तयारी थालेको उहाँले जानकारी दिनुभयो ।

नेपालको पर्यटनको क्षेत्रमा प्याराग्लाइडिङको योगदान महत्वपुर्ण रहेको बताउँदै महासचिब आचार्यले २०७१/०७२ मा उत्कृष्ट करदाताको रुपमा समेत सम्मानित भएको उहाँले स्मरण गर्नुभयो । “चाहे पर्यटन प्रवर्द्धनका लागि होस वा उत्कृष्ट करदाताको रुपमा प्याराग्लाइडिङको भूमिका अहम छ” उहाँले भन्नुभयो–“अहिले नै खोल्ने वित्तिकै व्यवसायिक रुपले पहिलेकै जस्तो हुने भन्दा पनि विस्तारै गति लिनेमा हामी विश्वस्त छौं ।”

पोखराको सराङकोटवाट उडान हुने पोखराको प्याराग्लाइडिङ इतिहास २० वर्ष भन्दा पुरानो हो भने पछिल्लो समयमा विशेष गरि चिनिया पर्यटकका लागि प्याराग्लाइडिङ थप आर्कषण वनेको समेत छ । ६ महिना देखि बन्द भएको प्याराग्लाइडिङको असोज १ गतेबाट सोलो उडान भने शुरु भइसकेको छ ।cpपाेखरा न्यूज

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *