बरेङ गाउँपालिकाले कोभिड–१९ अस्पताल बनाउँदै

डम्मर बुढा मगर, बागलुङ
बरेङ गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पाताल बनाउने भएको छ ।

गाउँपालिकाले ५ शैयाको अस्पताल बनाउने चरणमा रहेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । सरकारले स्थानीय तहमा अस्पताल बनाउनको लागि दिएको निर्देशन अनुसार पालिकामा अस्पताल बनाउन थालेको अध्यक्ष शर्माको भनाई छ ।

उहाँले गाउँपालिकामा हाल ८ जना कोरोना संक्रमित रहेको भन्दै उनीहरुलाई अस्पताल नहुँदा विद्यालयमा प्रि–आशोलेसन निर्माण गरेर राख्नु पर्ने भएको बताउनुभयो ।

हाल ८ जना सक्रिय संक्रमितलाई वडा नम्बर ३ को जनता प्राथमिक विद्यालयमा निर्माण गरेको प्रि–आइशोलेसनमा व्यवस्थापन गरेको उहाँको भनाई छ । गाउँपालिकाले यस अगाडी संक्रमितलाई धौलागिरी अस्पतालको आइशोलेसन र धौलागिरी बहुमुखी क्याम्पसमा बनाइएको प्रि–आइशोलेसनमा ल्याउनु पर्ने बाध्यता थियो ।

पालिकाले निर्माण गर्न लागेको कोभिड–१९ अस्थायी अस्पतालको लागि केन्द्र सरकारले १० लाख रुपैयाँ छुट्याएको र नपुगेको रकम पालिकाले थप गर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

‘कोभिड–१९ अस्थायी अस्पताल बनाउनको लागि केन्द्र सरकारले १० छुट्याएको छ, हामी ५ वेडको बनाउने योजना बनाएका छौँ, यसमा अपुग रकम गाउँपालिकाले थप गर्ने छ,’ उहाँले भन्नुभयो ‘विदेशबाट आउनेको संख्या दिनदिनै बढ्दै छ, त्यसले गर्दा पनि संक्रमितको संख्या थपिने संभावना बढी छ ।’

उहाँले अस्पताल कुन ठाउँमा बनाउने भन्ने विषयमा छलफल र उचित स्थानको खोजि भइरहेको भन्दै अब केही दिनमै अस्पतालक व्यवस्थापनको काम पूरा हुने बताउनुभयो ।

कोरोना अस्पतालका लागि स्वास्थ्यकर्मीहरु पनि गाउँपालिकाले व्यवस्थापन गर्नका लागि सूचना जारी गरेको समेत जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *