चार वर्षमा निर्माण भयो गौदीखोलाको मोटरेवल पुल

आदर्श अनलाइन, बागलुङ
जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेवल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माण संगै गलकोट नगरपालिका–३ हटिया र ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदामा जोखि मोलेर सवारी आउँ जाउँ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता रहेको थियो ।

२०७३ साल असारमा रु. ३ करोड ७ लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसंग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउण्डेशनका कारण हटियाका केही घर समेत गौदी खोलाको उच्च जोखिममा रहेको थियो ।

ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयले चर्को आलोचना गर्दै आएरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटक–पटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाई भएको जनाएको छ । पुल ढलान गर्नका लागि सटिङ गर्ने क्रममा गौदी खोलामा २०७३ साल असारमा आएको बाढीले निर्माण सामग्री बगाएको थियो ।

फाउण्डेशनको पानी फाल्ने क्रममा एक मजदुरको करेन्ट लागेर मृत्यु भएपछि पुल निर्माणमा ढिला भएको नयाँबाटो, जुम्ली, आचार्य जेभीका आधिकारीक प्रतिनिधि कुमार खड्काले जानकारी दिनुभयो ।

“पुल निर्माण सम्पन्न भएको छ, हस्तान्तरण गर्न बाँकी नै छ” खड्काले भन्नुभयो “तीन पटक निर्माण गर्ने समयमा पुलका निर्माण सामाग्री बगायो, एक श्रमिककै मृत्यु भयो, त्यसै कारणले ढिला भएको हो ।”

पुल निर्माण संगै गलकोट नगरपालिकाको केन्द्र मजुँवा फाँट, हरिचौर र तारखोला लगायतका स्थानमा सिधा यातयात सेवा सुचारु हुँने गलकोट नगरपालिका–३ हटियाका वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो । ढिलै भएपनि पुल निर्माण सम्पन्न भएकोछ, तर पुलाको दाँया बाँयाको खोलामा तटबन्धन लगाउन आवश्यक रहेको भण्डारीको भनाई हरेको छ ।

बस्ती नजिकै खोला भएका कारण पुल र बस्तीको सुरक्षाका लागि तटबन्दध गर्नुपर्ने उहाँको भनाई रहेको छ । पुल निर्माण कर्ता डिभिजन सडक कार्यालयले पुल हस्तान्तरण गर्न बाँकी रहेको बताएको छ ।

पुलको आसपासमा ग्याविनको काँम बाँकी रहेको र त्यो काम सम्पन्न हुँदासाथ पुल हाम्रो जिम्मामा आउने डिभिजन सडक कार्यालयका कार्यालय प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

“पुल बनेर सवारी गुड्ने भइसके छ, तर पुलको सुरक्षाका लागि खोलामा ग्याविन लगाउन बाँकी रहेको छ” लम्सालले भन्नुभयो “तीन पटक म्याद थपेरमात्रै पुल निर्माण भएको छ ।”

पुल आरसीसी मात्रै नभएर प्रि स्टेटेस प्रविधिको वृज भएको कार्यालयको भनाई रहेको छ । पुलको बिममा रडको प्रयोग नगरी केबलको प्रयोग गरिएको कार्यालय प्रमुख लम्सालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *