अब बुर्तिबाङ बजारमा केन्द्रीय लाइनले झलमल

आदर्श अनलाइन, बागलुङ
बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । बागलुङ सदरमुकाम लगायत अन्य स्थानहरुमा वर्षौँ अगाडी केन्द्रीय प्रसारण लाइनको पहुँच पुगे पनि पश्चिम बागलुङ भने पुग्न सकेको थिएन ।

बुर्तिबाङबासीले आजबाट राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । एक साता अघि प्राथमिक स्वास्थ्य केन्द्रमा बिजुली बालिएकोमा आजदेखि सर्वसाधारणको घर–घरमा पनि बिजुली बालिएको छ ।

लाइनको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले उद्घाटन गर्नु भएको हो । उहाँले उद्घाटन पछि बोल्दै सदरमुकामदेखि ९० किमी पश्चिमको बुुर्तिबाङमा अघिल्लो वर्षदेखि थालिएको अभियानले मूर्तरुप लिएको बताउनुभएको छ ।

उहाँले उद्योग व्यवसाय गर्न चाहनहरुका लागि अब सहज भएको बताउनुभएको छ । जिल्लाको निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा विद्युत सेवा बिद्युत सेवा पु¥याउन आफुले सक्दो पहल गर्ने बताउनुभएको छ ।

हरिचौरमा सब–स्टेसन निर्माण गरेर बुुर्तिबाङमा (५० किलोमिटरको दुरीमा) बिजुली ल्याउन सकिएको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताउनुभएको छ ।

लकडाउन अघि नै बाल्ने योजना भएपनि प्राविधिक कारण बस ढिला भएको बताउदै उहाँले अब ग्रामीण क्षेत्रमा पनि लाइन बिस्तार गर्न का लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । हरिचौरको ११ केभी सब–स्टेसनबाट बुुर्तिबाङसम्म ४ सय पोल गाडेर विद्युत ल्याइएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *