रिघाबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्दार

आदर्श अनलाइन बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाबाट एक सुत्केरीको हेलिकपटरमार्फत उद्दार गरिएको छ । रिघा निवासी २५ वर्षिया गौरी श्रीसको शिशु जन्मेपछि अत्याधिक रक्तश्रावाप भएका कारण हवाई उघार गरी पोखरा पठाइएको हो ।

गर्भवती श्रीस बेथा लागेपछि आइतवार राति रिघा स्वास्थ्य चौकीमा भर्ना हुनुभएको थियो । श्रीसले रातको १ बजे शिशु जन्माएपनि अत्याधिक रक्तश्राप भएका कारण हाज विहान हेलिकप्टर मार्फत पोखराको अण्डकी अस्पताल पठाइएको रिघा स्वास्थ्य चौकी प्रमुख लक्ष्मी घर्ति श्रीसले जानकारी दिनुभयो ।

दुर्गममा ज्यान जोखिममा रहेका सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गर्ने गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको नीति अनुसार निःशुल्क हवाई उद्दार गरिएको हो ।

पहाडी जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्दार गर्नुपर्ने बाध्यता रहदै आएको छ । अत्याधिक रक्त श्राव भएपछि सुक्ेरको तत्कालै अस्पताल पठाउनुपर्ने भएपछि गण्डकी प्रदेश सरकारको समन्वयमा हवाई उद्दार गरी पोखरा पठाइएको वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिनुभएको छ । अण्डकी प्रदेशले आज सहित हाल सम्म बागलुङबाट १२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्दार गरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *