थप १३५६ संक्रमित भेटिए

काठमाडौं : पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।

अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज  भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना संक्रमित भेटिएका छन्  । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *