बागलुङ प्रहरीको सक्रियता, फरार अभियुक्त धमाधम पक्राउ गर्दै

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले मुद्दा फैसला भई कार्यान्वयन हुन बाँकी रहेका चार जनालाई पक्राउ गरेको छ । लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ हुनेमा बागलुङ नगरपालिका वडा नम्बर १४ का ४७ वर्षीय ध्रुव परियार, बागलुङ नगरपालिका—१० का २० वर्षीय सुजन थापा, सोही स्थानका योगेश विक र विशाल थापा रहेका छन् ।

उनीहरुलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले बताए ।

बागलुङ नगरपालिका—१४ का ध्रुव परियार चेक अनादर मुद्दामा गत वर्षको जेठ १९ गते फैसला भएको थियो । अन्य तीन जनाको भने लागूऔषध मुद्दामा २०७४ माघ २४ गते फैसला भएको थियो ।

उनीहरुलाई बधुबार नै जिल्ला अदालत बागलुङमा पेश गरिएको प्रहरी प्रवक्ता रेग्मीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *