आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा जैमिनी नगरपालिकका ५ जना, गलकोट नगरपालिकाका १ जना र काठेखोला गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
जैमिनी नगरपालिका वडा नम्बर वडा नम्बर ५ का २७ र ५४ वर्षीय पुरुष, वडा नम्बर ८ का ३३ वर्षीय पुरुष, वडा नम्बर ६ का ५१ र १८ पुरुष रहेका छन् ।
गलकोट नगरपालिका वडा नम्बर ५ का ३१ पुरुष र काठेखोला गाउँपालिका वडा नम्बर ७ का २१ वर्षीय पुरुष र ५१ वर्षीया महिलामा कारोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबै भारतबाट आइ क्वारेन्टिनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।