काठेखोलामा गोठ भत्कियो,एक व्यक्ति पुरिए

आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिका वडा नम्बर-२ भीमापोखरा भुमिखयाखेतमा गोठ भत्किदा एक व्यक्ति पुरिएका छन् ।

अविरल वर्षातका कारण बुधवार साँझ गोठ माथिबाट पहिरो खस्दा गोठ सँगै स्थानीय टेकबहादुर खाती पुरिएका छन् ।

गोठ पुरिदा सम्पर्क विहिन भएका खातीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्याल बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो । घटनास्थलमा उद्दारका लागि अछेते प्रहरी चौकीबाट प्रहरी पुगिसेको छ । थप उद्दारका लागि प्रहरी निरिक्षक रिजालको टोली घटनास्थल तर्फ लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *