काठेखोलामा पहिरोमा वेपत्ता खातीको शव फेला

डम्मर बुढा मगर, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा भुमिखयाखेतमा बुधरबा दिउसो गोठ भत्किदा वेपत्ता भएका वृद्धको शव फेला परेको छ ।

पहिरोमा परि वेपत्ता हुनुभएका अन्दाजी ६० टेक बहादुर टेकबहादुर खातीको शव आज विहान फेला परेको हो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहको सक्रियतामा आज विहान उहाँको शव फेला परेको काठेखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो ।

पहिरोमा परि खातीका दुई वटा भैसी घाइते भएका छन् । दिउसो भैसीलाई घाँसपात गर्ने क्रममा खातीलाई पहिराले परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *