लगातारको वर्षाले कहाँ–कहाँ क्षति ?

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो तीन दिन यता लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी, पहिरो जस्ता विपद्ले बिभिन्न गाउँ, शहरमा जनधनको क्षति गरेको छ । जिल्लाको काठेखोलामा एक जनाको ज्यान गएको छ ।

गलकोट नगरपालिका वडा नम्बर १ चौराहा बर्खेधारमा मध्यपहाडी लोकमार्ग भत्किँदा बागलुङ–बुर्तिबाङ सडक खण्डको सवारी आवागमनमा समस्या भएको छ । चौराहा,रुपाखानी पात्लेखोला जाने गोरेटो बाटो समेत अवरुद्ध भएको छ ।

लोकमार्गको पहिरोको कारण दुई घर पहिरोको उच्च जोखिममा परेका छन् । आइतबारदेखि परेको निरन्तर परेको वर्षात्का कारण स्थानीय भिमबहादुर थापा काउचा, विष्णु राना श्रीसको घर उच्च जोखिममा परेको स्थानीय हिराबहादुर काउँचाले जानकारी दिनुभयो । पहिरोले घर गोठ जोखिममा परेपछि पशुपंक्षी, अन्नपात र लत्ता कपडा छिमेकीको घरमा सारिएको उहाँले बताउँनुभयो ।

यसैगरी, गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा पहिरोले ५ घर पहिरोले जोखिममा परेको छ ।
निरन्तर परेको वर्षाको कारण स्थानीय चन्द्रबहादुर कामी, टेकबहादुर श्रीस, चन्द्रबहादुर नेपाली, मित्रबहादुर थापा र अम्मरबहादुर श्रीसको घर जोखिममा परेको गलकोट नगरपाालिका वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभयो । उनीहरुले छिमेकी घरमा आश्रय लिएको र केहीले पाल टाँगेर बसेको अध्यक्ष श्रीसको भनाई छ । निरन्तर परेको वर्षाका कारण थप जोखिम बढेको स्थानीयको गुनासो छ ।

यता, जिल्लाको काठेखोला गाउँपालिका–१ चनौटेको तल्लोथर टोल माथिबाट पहिरो खस्दा एक दर्जन बढी घर जोखिममा रहेको चनौटेका स्थानीय कृष्ण थापाले जानकारी दिनुभयो । पहिरोले बस्ती नजिकै पुगेका कारण थप वर्षा सँगै घरमा क्षति पु¥याउन सक्ने थापाको भनाई छ ।

गाउँपालिकाको भिमापोखराको दपासामा, रेशको भूदीखोला, लेखानी जाने सडक समेत क्षति पु¥याएको छ । अबिरल वर्षाका कारण विभिन्न स्थानमा क्षति पुगेको र तथ्यांक संकलनको काम जारी रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।

तीन दिन देखि निरन्तर परेको झरीले जैमिनी नगरपलिका–७ जैदीको भेडिखाल्टामा एक घर भत्केको जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । बर्खायाम लागेपछि ५६ घर पूर्ण जोखिमामा रहेको उहाँको भनाई छ ।

बडिगाड गाउँपालिकाको खर्वाङ बजारको मध्यपहाडी लोकमार्गमा खसेको पहिरोले तीन घर जोखिममा परेका छन् । सोमबार बडिगाड गाउँपलिका–२ राक्सेमा आएको बाढीका कारण चार परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका भित्र पर्ने मध्यपहाडी लोकमार्ग पनि ठाउँ ठाउँमा पहिरोले क्षतविक्षत भएको छ । जसका कारण यात्रुलाई आवतजावतमा सास्ती भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *