शान्ति सुरक्षा र अपराध नियन्त्रणमा मुख्य भूमिका : एसपी श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङ उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका नव आगन्तुक प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठलाई एक कार्यक्रम गरी स्वागत गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले प्रहरीको भन्दा देशमा राम्रो नेटवर्क व्यापारीको भएको नेपालको पहिलो भएको बताए ।

प्रहरी नपुग्ने ठाउँमा पनि व्यापार गर्ने व्यापारी भएको हुँदा प्रहरीको भन्दा बढी नेटवर्क भएको संस्था व्यवसायी भएको हुँदा प्रहरीलाइ सहयोग गर्न श्रेष्ठले आग्रह गरेका थिए । शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि प्रहरीको सक्रियतामा कुनै कमि आउन नदिने प्रहरी प्रमुख श्रेष्ठले बताए ।

असफलता बीचबाटै सफलता खोज्ने भएको हुँदा जस्तोसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने श्रेष्ठले बताए । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले व्यवसायी र प्रहरीबीच सहकार्य गरेर अगाडी बढेको खण्डमा दुबै पक्ष्यलाइ फाइदा पुग्ने बताए ।

बागलुङ बजारको शान्ति सुरक्षाको लागि बागलुङ नगरपालिकासंग सहकार्य गरी सिसि क्यामेरा जडान गर्ने कार्य भए पनि अहिले नगरपालिकासंग सहकार्य गर्न नसक्दा समस्या भएको अध्यक्ष राजभण्डारीले बताए । बागलुङ जिल्लालाई राम्रो बनाउन प्रहरी प्रशासनलाई सहयोग गर्न सधैं तयार रहेको अध्यक्ष राजभण्डारीले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जयराम भारी, महिला उद्यमी संघका अध्यक्ष भगवती केसी लगायतका वक्ताहरूले प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत गर्दै कोरोना भाइरसले सबै क्षेत्रमा प्रभाव पारेको हुँदा यसबाट मुक्त हुन सबैले भूमिका खेल्न जरुरी रहेको धारणा राखेका थिए ।

वक्ताहरूले जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैले सकारात्मक भूमिका खेल्न जरुरी रहेको प्रहरी प्रशासनलाई सहयोग गर्न तयार भएको धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माले धन्यवाद ज्ञापन र संचालन महासचिव नरेश कँडेलले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *