आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा भिरबाट लडेर २० वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
थप अनुसान्धनको लागि प्रहरी टोली घटना स्थल जाँदै गरेको रेग्मीले बताउनुभयो ।
रेशमा भिरबाट लडेर २० वर्षीय युवाको मृत्यु
