बागलुङमा थपिए ३१ संक्रमित

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको गलकोट नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबै भारत लगायत बाहिरी मुलकबाट आएका नागरिक भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा गलकोटका १४, जैमिनीका २ काठेखोलाका १० र बागलुङ नगरपालिकाका ५ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *