ढोरपाटनका बाढी पीडितलाई गलकाेट समाज जापानको २७ लाख ८० हजार ८ सहयोग

झरना कँडेल, बुर्तिबाङ
ढोरपाटन नगरपालिकाका बाढी तथा पहिरो प्रभावितहरुका लागि एन. पि. ओ. गल्कोट समाज जापानले २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ राहत सहयोग गरेको छ ।

गल्कोटका अधिकांश नागरिकहरु रोजगारीका लागि जापानमा रहेको र ढोरपाटन नगरपालिकामामा परेको बिपतमा उहाँहरुलाई पनि दुःखेको तथा मानविय सभ्यतालाई मध्यनजर गर्दै समाजका अध्यक्ष दिलु खत्री लगायत समाजका अन्य पदाधीकारी लगायत करिब ६ सय जना भन्दा बढी ब्यक्तीहरुमार्फत संकलित उक्त रकम गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेमार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको छ ।

उक्त रकमको भौचर हस्तान्तरण गर्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले ढोरपाटनलाई पीडामा देख्दा गल्कोटलाई पनि दुःखेको बताउदै , उक्त राहतको सहि सदुपयोग गर्न अनुरोध गर्नुभएको छ।

सो अबसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले उहाँहरुले उपलब्ध गराएको रकमले बाढी तथा पहिरो प्रभावितहरुका लागि ६ ओटा घर गल्कोट समाज जापानको नाममा निर्माण गरिदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

उहाँले गल्कोट नगरपालिकाबाट बिभिन्न संघसंस्था तथा ब्यक्तीहरुबाट गरी हाल सम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको बताउदै सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले पीडितहरुको घाउमा मल्हम लगाउने उद्धेश्यले समाजले संकलन गरेको रहत रकमलाई सहि सदुपयोग गर्दै, नगरको प्रतिबद्धता बमोजिम तत्कालै आवास निर्माण गरी हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगर , प्रमुख प्रशासकीय अधिकृत दिल्लीराम भट्टराई,गल्कोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष नर बहादुर खत्री , वाड नं ८ का वडाध्यक्ष राम प्रसाद कंडेल , नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधी मञ्जु चालीसे , गल्कोट एफ. एमका प्रमुख घनस्याम गौतम लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *