गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमणबाट मुक्त

आदर्श अनलाइन, पोखरा
 गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा रहनुभएका अर्यालको आइतबार  पुनः स्वाब  परीक्षण गरिएकोमा सोमबार  नतिजा नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिनुभयो ।

प्रमुख प्रहरी अर्यालमा गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना  परीक्षणमा कोरोना  पोजिटिभ देखिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *