चार हजार लिटर अबैध घरेलु मदिरा नष्ट

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालयले चार हजार भन्दा बढी अबैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय अन्र्तगतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरिएको चार हजार ३४ लिटर अबैध घरेलु मदिरा आज नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार तथा सरकोकारवाला निकायको रोहबरमा उक्त मदिरा नष्ट गरेको हो ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियता संगै शनिबार र आइतबार बरामद गरिएको अबैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार नष्ट गरिएको चार हजार ३४ लिटर घरेलु मदिरा मध्ये एक हजार ६२ लिटर विक्रिका लागि तयारी मदिरा र दुई हजार ९७२ लिटर घरेलु मदिराको कच्च पदार्थ बरामद पश्चात नष्ट गरिएको हो ।

प्रहरी चौकी निसीखोलाले १९२ लिटर, प्रहरी चौकी ग्वालिचौरले १२० लिटर मदिरा, जिल्ला प्रहरी कार्यालयले ४१५, नगर प्रहरीले एक हजार ४१५ लिटर, प्रहरी चौकी कुडुले र पञ्चकोटले २२०, प्रहरी चौकी मालढुङ्गा ७१५, इलाका प्रहरी ताराखोला ९०, प्रहरी चौकी हटिया ४५०, प्रहरी चौकी नरेठाटी २८०, इलाका प्रहरी भिमगिठे ३५० लिटर, इलाका प्रहरी झिवाखोला७०, प्रहरी चौकी बोङ्गादोभान ७८ र प्रहरी चौकी ग्वालिचौर ३० लिटर घरेलु मदिरा बरामद गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नजिकैका प्रहरी चौकीमा बरामद गरिएका जिल्ला प्रहरी कार्यालयमा ल्याएर नष्ट गरिएको छ भने अन्य प्रहरी चौकी सोही स्थानमा नष्ट गरेको छ ।

सूचना अधिकारी रेग्मीका अनुसार प्रहरीले समाजमा कानूनले बर्जित गरेको अबैध घरेलु मदिराको सेवनबाट झैझगडा तथा अशान्ति फैलिएकाले नियन्त्रणमा लिइरहेको बताउनुभयो । अबैध घरेलु मदिराको कच्चा पदार्थमा अखाध्य वस्तुहरु जस्तै फलफूलका बोक्रा, कपडा तथा कुहिएको खाना प्रयोग गरिएको पाइएको सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो । अखाद्य पदार्थ मिसावट गरिएको मदिरा सेवनबाट शरिरलाई हानीमात्रै नभएर ज्यान समेत जान सक्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *