मदिराको विषयमा बोल्दा प्रहरीको धम्की (अडियो सहित)

डम्मर बुढा मगर, बागलुङ

घरेलु मदिरा नष्टको विषयमा प्रहरीका बिरुद्ध लेखेको भन्दै जिल्लाको बरेङका प्रहरी इन्चार्जले स्थानीय सञ्चारकर्मी दिपेन्द्र परियारलाई धम्की दिएका छन् ।

इलाका प्रहरी कार्यालय बरेङडाँडाका सई दानबहादुर केसीले रेडियो बिहानीमा कार्यरत परियारलाई सोमबार राति भोली तपाईलाई के–के गर्छु थाहा पाउनुहोला भन्दै धम्क्याएका छन् । परियारले फोन मार्फत दबाब दिए पछि सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका थिए ।

परियारले सामाजिक सञ्जालमा ‘घरलु मदिरा नष्ट गर्ने प्रहरीले मदिरा पिउँछन् होला की नाई ?’ भन्दै प्रश्न गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस राखेको केही समयमै केसीले फोन गरेर धम्क्याएको र तुरुन्तै आफूले स्टाटस हटाउन बाध्य भएको परियारले बताए ।

केसीले स्टाटस राख्न आफुलाई सोध्न पर्ने भन्दै परियारलाई समातेर थुन्ने चेतावनी दिएका थिए । ‘त्यो स्टाटस राख्दा मलाई सोध्नु पर्ने, तपाईले मलाई फोन नगरी आफैले हाल्न पाउनुहुन्छ, म यहाँको इन्चार्ज हुँ,भोली विहानै जिल्ला पठाइदिन्छु’ केसीले भनेका छन् ।

अभिव्यक्ति स्वतन्त्रताका हिसावले मदिरा नष्टका बिषयमा फेसबुकमा लेख्दा प्रहरीबाट सिधै धम्की आएको परियारले बताए । ‘मैले त्यस्तो ठूलो अपराध त केही गरेको थिएन, उनले भने ‘एउटा सामान्य कुरा मात्रै लेखेको थिए, यो सबैले प्रश्न गर्न पाउनुपर्ने कुरा हो ।’

सई केसीले भने सञ्चारकर्मी परियारलाई नधम्याएको बताए । उनले स्टाटस लेख्नु भएको रैछ मात्रै भनेको बताए । ‘मैले दिपेन्द्र जिलाई केही भनेको छैन, स्टाटस लेख्नु भएको रैछ मात्र भनेको हुँ अरु केही भनेको होईन’ सई केसीले भने ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले आफुले यसबारे बुझ्ने र कमजोरी गरेको भए कारबाहीको दायरामा ल्याउने बताए ।

अडियाे सुन्नुहाेस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *