बागलुङमा ७ जना कोरोना संक्रमित थपिए, ३ सय २३ जना संक्रमणमुक्त

आदर्श अनलाइन, बागलुङ
बुधबार बागलुङका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ६ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमण पुष्टी हुनेमा बागलुङ नगरपालिका–२ का ३६, ३३ र ४० वर्षिय ३ पुरुष, जैमिनी नगरपालिका ७ का ६१ वर्षिय पुरुष, ५२ वर्षिय महिला र जिल्ला बागलुङ उल्लेख गरिएपनि स्थानीय तह नखुलाईएका ३६ र ३३ वर्षिय २ पुरुष रहेका छन् ।

यो संगै बागलुङमा कोरोना संक्रमितको संख्या ३ सय ९८ पुगेको छ । जसमध्ये ३ सय २३ जना संक्रमणमुक्त हुनुभएको छ । जिल्लाका विभिन्न आइसोलेसनमा ६७ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । आज कोरोना पुष्टी भएका संक्रमतिलाई सम्बन्धीत स्थानीय तहको समन्वय गरी आइसोलेसनमा राख्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *