डेढ महिनामा २ हजार ४ सय ५९ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा
गण्डकी र धौलागिरी क्षेत्र अन्तर्गतका विभिन्न जिल्लामा क्रियाशील लायन्स क्लबको सक्रियतामा डेढ महिनाको अवधिमा २ हजार ४५९ युनिट रगत संकलन भएको छ ।

कोभिड–१९ को संक्रमण रोक्न मुलुकमा भएको बन्दाबन्दीले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि यस क्षेत्रका ५२ क्लबले रक्तदान कार्यक्रमलाई तीव्रता दिँदै आएका हुन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लाका रक्त संकलन केन्द्रको प्राविधिक सहयोगमा रगत संकलन गरिँदै आएको लायन्स क्लब अफ ३२५ (विवान) का डिपार्टमेन्ट प्रमुख बालकृष्ण शर्माले जानकारी दिएका छन् । लायन्स क्लब अफ शान्ति स्तुपा चौतारीद्वारा आज पोखरा– १७ स्थित विरौटाचोकमा आयोजित रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ ।

क्षेत्रीय रक्त सञ्चार केन्द्रले सामुदायिक अस्पतालमा उपचारत बिरामीलाई प्रतियुनिट रगत ५ सय र निजी अस्पतालका बिरामीका लागि १ हजार लिने गरेको छ । जुन रकम प्रयोगशाला, प्रविधि, जनशक्तिलगायतको खर्च भएको केन्द्रले जनाएको छ । सरकारद्वारा सञ्चालन गरिएको स्वास्थ्य बीमामा रगतलाई पनि समावेश गरिनुपर्नेमा यस क्षेत्रका सर्वसाधारणले जोड दिँदै आएको छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा जेसिजले कुष्ठरोग प्रभावित व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका–१५ टुटुंगामा रहेको पोखरा आरोग्य आश्रममा रहेका कुष्ठरोग प्रभावित वृद्धवृद्धालाई जेसिजले खाद्यान्न सहयोग गरेको हो ।

‘कुष्ठरोग पनि कुनै बेला अहिलेको कोरोना भाइरसजस्तै थियो । कुष्ठरोग लागेका व्यक्तिलाई समाजमा बहिष्कार गरेसरहको अवस्था थियो । पछि औषधि बन्न थाल्यो । हामीले जेसिजकै पहलमा आश्रमको स्थापना गरेका थियौं ।’ जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले भने । नेपाल कुष्ठरोग निवारण संघका अध्यक्ष नारायण शर्माले आश्रममा खाद्यान्न तथा स्वास्थ्य सामग्री आवश्यक परेको समयमा पोखरा जेसिजले मर्म बुझेर सहयोग गर्दै आएको बताएका छन् । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *