बागलुङ नगरले थाल्यो अव्यवस्थित तार र पोल हटाउन

आदर्श अनलाईन, बागलुङ
बागलुङ बजारमा रहेका अव्यवस्थित तार पोल हटाउन शुरु गरिएको छ । बागलुङ नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमको सहकार्यमा बागलुङ बजारको सौन्दर्यकरणका लागि पुराना तार र विद्युतका पोल हटाउने अभियान शुरु गरिएको छ ।

नगरपालिकाले गत वर्ष टेलिकम, विद्युत प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अव्यवस्थित तार र पोल हटाउन निर्देशन दिएपनि पटक–पटक अवेज्ञा भएको भन्दै नगरपालिकाले आजबाट शिवधारा चोकबाट तार र पोल हटाउने अभियान शुरु गरेको छ ।

एक वर्षको अवधिमा विद्युत प्राधिकरणले बागलुङ बजारको १ सय ८० थान नयाँ विद्युतका पोल राखेर विद्युतलाई नाङ्गो तार मुक्त गरिसकेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीले जानकारी दिनुभयो ।

बागलुङ बजारमा नेपाल टेलिकमले समेत तामाको अव्यवस्थित तार हटाउन शुरु गरिसकेको छ । बजार क्षेत्रको सबै अव्यवस्थित तार र पोल तीन महिना भित्र हटाइने गरी आजबाट शिवधारा चोकबाट अभियानको शुभारम्भ गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

आजदेखि विद्युत प्राधिकरणले पुराना पोल हटाउने र टेलिकमले तार काट्ने अभियान थालिएको हो । बागलुङ नगरपालिकाले शिवधारा चोकबाट विद्युतका पोल हटाउने र अव्यवस्थित तार काट्ने कार्यको शुरुवात गरेपछि आगामी चार महिना भित्र बागलुङ बजार सुन्दर देखिने अपेक्षा गरिएको छ ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *