बागलुङ भित्रिने र बाहिरीने सवारी अनुगमन

आदर्श अनलाइन, बागलुङ
सार्वजनिक यातायातमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धी यातायात व्यवस्था कार्यालय बागलुङले अनुगमन गरेको छ ।

यातायात व्यवस्था कार्यालय बागलुङले छोटो, मध्ययम र लामो दुरीमा जिल्लाभित्र तथा अन्तर जिल्लामा संचालन हुने नीजि तथा सार्वजनिक सवारी साधनहरुले अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरे नगरेको शनिबार पनि अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सबै नागरिकहरुले स्वास्थ्य सुरक्षा मापडण्ड अपनाएको र सरकारले तोके अनुसारको भाडदर असुल गरेको पाइएको सहायक प्रजिअ उपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

यातायात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिङ्ग थापा मगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मंच बागलुङ लगायतको टोलीले गरेको अनुगमन गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *