२४ घण्टामा थपिए २ हजार २५३ कोरोना संक्रमित

आदर्श अनलाइन, काठमाडौं
पछिल्लो २४ घण्टामा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जनाए । शनिबार दुई हजार १ सय २० जना संक्रमित थपिएका थिए ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ३ सय २९ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । ४ हजार २ सय ३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

यस्तै, २४ घण्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएको छ । यस्तै, थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *