घरेलु मदिरा बिर्सजनले उठाएका प्रश्नहरु

सरोजराज पन्त
घरेलु मदिराको विर्सजनले उब्जाएका प्रश्नहरु आज गाँउघर बजारमा सुन्न पाइन्छ । यससँग जोडिएका विषय वस्तुको कारण र प्रभावको खोजी गरी समस्या समाधान गर्नु पर्ने जरुरी बनेको छ । हाम्रो समाज दिनहुँ कोरोना कहरसँगै दिनहुँ अन्य थप समस्याहरुमा रुमलिरहेको छ । ती समस्याहरुमध्ये मदिरा सेवन र यसबाट सिर्जित बिबिध समस्याहरु अहिले जल्दोबल्दो बनेको छ । त्यसो त महिला हिंसा, बलात्कार, आत्महत्या, सवारी साधन दुर्घटना आदि मदिरा सेवनसँग जोडिएका छन । कुनै समाजमा मदिरा सेवन वा रक्सीलाई घृणा गर्दछन भने कुनै समाजमा रक्सी अनिवार्य हुन्छ । बिबिधता भित्रको नेपाली समाजका केही जातजातिले पूजाआजा, जन्म, विवाह, मृत्यसंस्कार आदिहरुमा मदिरा प्रयोग गर्ने गरेको पाइन्छ । अहिले रक्सी प्रायः सबै व्यक्तिले पिउने गरेपनि बडाले जे गरे त्यो हुन्छ सर्ब सम्मत हुदैन शङकरको नाङगो मगन्ते भेष निन्दित भने झै कमजोर पारिवारिक र आर्थिक हैसियत भएकोले खाए जँड्याहा भन्ने र धनि उच्च, सबल मानिने परिवारका व्यक्तिले पिएमा त्यही रक्सी अमृत ठान्ने गरेको पाइन्छ । जेहोस कलियुगको सोम रस रक्सीको प्रयोगले व्यतिmको स्बास्थ्यमा समस्या, पारिवारिक, सामाजिक वातावरण बिगार्नेमात्र नभएर व्यक्ति, परिवार र समाजलाई प्रत्यक्ष र अप्रत्यक्ष हानि पु¥याएको छ ।

अर्को तर्फ आज गाँउघरमा बसोबास गर्न महिला देखि बजारमा दैनिक गुजारा चलाउने महिला अथवा परिवारका सदस्यहरुले बनाएको रक्सी किन पोखिए होला भन्ने प्रश्नले गर्दा प्रशासन माथि समेत विभिन्न आरोप लालच्छना लाग्ने गरेको छ । यस भित्रको यथार्थता बुझेर निश्कर्षमा पुग्नु आवश्यक रहेपनि एकोहारो तरिकाले व्याख्या गर्न र आरोप लगाउनु कतिको जायज हुन्छ भन्ने प्रश्न पनि प्रशस्त उठ्ने गरेका छन् । यिनै प्रश्न भित्रको विषयलाई पक्ष विपक्षबाट नहेरी समस्या के हो, किन स्थानीय रक्सी पोखियो र आयातित रक्सीलाई किन सहज विक्री वितरण गर्न दिइन्छ भन्ने प्रश्न माथि थप अध्ययन आवश्यक देखिन्छ । यहाँ राजस्व संकल्प कर तिर्ने विषय भएर हो वा स्थानीय रक्सी गुणस्तर हिन भएर स्वास्थ्य समस्या भएका कारण पोखिएको हो भन्ने विषयमा केन्द्रीत भएर आवाज उठाउनु पर्ने हो वा होइन ? यदि राजश्वको कुरा हो भने करको दायरा फराकिलो बनाएर गाँउघरमा बनाइने रक्सीको विस्तार गर्न र राजश्व संकलन गर्न तर्फ राज्यको किन ध्यान गएन होला ? के स्थानीय व्यक्तिको जिविको पार्जनको लागि तयार पारेको रक्सीले जनस्वास्थ्यमा नकरात्मक प्रभाव पारेको भएर पोखिएको हो त ? यदि यसो भए त्यो रव्सी खाएर कतिजना मानिस विरामी भए वा मरे भन्ने प्रश्न पनि जनमानसमा उठेको छ ।

यसरी विश्वव्यापी सञ्जाल र बजारिकरण अनुरुप विदेशी रक्सी सहज रुपमा विक्रि वितरण गर्न पाइने र स्थानीय रक्सी पोख्न पर्नेमा के छ त कारण ? यदि उनीहरुले राजश्व तिदैनन् भन्ने लागेको हो भने स्थानीय सरकारले न्यूनतम रुपमा कर लिएर स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइने रक्सीलाई किन पोखिन्छ त ? यो प्रश्न स्थानीय रक्सी बनाउने र जिविको पार्जन गर्न, दैनिक गुजारा चलाउने, बालबालिकालाई शिक्षा दिक्षा दिने, चुरा पोते लगाउन सहज होस् भन्ने महिला दिदी बहिनीको प्रश्न हो ।

यसैगरी गाँउघरमा रक्सी बनाँउदा रक्सी खाएर हो हल्ला हुने, झगडा हुने गरेको छ भनिन्छ । यसमा केही सत्यता पनि नभएको होइन तर रक्सी खाज आदत परेको मानिसले स्थानीय रक्सी नपाए पनि अरु ब्राण्डका रक्सी खान छोडदैन र झै झगडा गर्न पनि कहाँ छोडछ र ? त्यसैले रक्सी स्वास्थ्यका लागि हानिकारक छ भन्ने सचेतना जनचेतना फैलाउन विषयसँगै जाने बुझेका शिक्षित व्यक्तिले प्रगर्न गुणस्तरीय रव्सी खान हुने तर स्थानीय स्पमा बनाउने वा बनाइएको रक्सी उच्च वर्गले किन खाने भन्ने प्रश्नसँग पनि जोडिएर यो समस्या आएको त होइन गुनासो पनि हाम्रो समाजमा यदाकदा सुनिन्छ ।

यसैगरी प्रहरी प्रशासनमा नयाँ प्रमुख आएपछि बागलुङको परिवेशमा स्थानीय रव्सी पोख्ने गाँउघरको गाजा, भागो काट्न लगाउने र ट्राफिक नियमलाई कडा स्पमा प्रयोग गर्न लगाउने र पछि क्रमश पूर्व अवस्थामा फकिर्ने गर्दछ भन्ने गुनासो पनि जनमानसमा सुनिन्छ । यसरी कुनै पनि समस्याको समाधान दिर्घकालिन रुपमा खोज्ने र त्यसलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न नसके सम्म दोष भोगिरहन बाध्य हुनु पर्ने अवस्था छ । राम्रो काम गर्न निस्वार्थ खटिने व्यक्ति पनि यस्ता समस्याका काण निरुत्साही बन्नु पर्ने अवस्था हाम्रो देशको प्रशासन संयन्त्रमा नभएको होइन । त्यसैले नीति नियमको कार्यान्वयन गर्न र त्यसलाई संस्थागत गर्न नसक्दा पुराना नजिरहरुको कारण स्वस्थ्य र स्वच्छ छवि भएका व्यक्ति माथि हिलो छेप्ने प्रवृति हाम्रो समाजको लागि नौलो होइन ।

कानुनी रुपमा मदिरा सेवन गर्न राज्यबाट व्यवस्थापनका कार्य नभएका होइनन तर तिनको पुर्ण कार्यान्वयन नहुदा आज मदिरा ऐन, २०३१ र मदिरा नियमावली, २०३३ मा गरिएका व्यवस्था जसमा अनुमतिपत्र बिना र अनुमतिपत्र पाएकाले पनि अनुमतिपत्रमा तोकिएको बाहेक मदिराको उत्पादन , विक्रि, वितरण, आयात तथा निर्यात गर्न नपाउने व्यवस्था गरेकाले स्थानीय रुपमा उत्पादन , विक्रि, वितरण गर्ने रक्सी पोख्ने गरेको पाइन्छ । सोही ऐनले १८ वर्ष नपुगेकाले मदिरा विक्री वितरण गर्न नपाउने र विक्री वितरण गर्न इजाजतपत्र पत्र नपाउने व्यवस्था गरेको छ ।

त्यसैगरी मदिरा ऐन सम्बन्धि अन्य व्यबस्थामा मदिरा ऐन २०३३ ले इजाजतपत्र बिहिन व्यक्तिले विदेशमा मदिरा पैठारी गर्न सक्ने, विदेशबाट आउने व्यक्तिले ३ बोत्तल रक्सी र १२ बोत्तल वियर लिएर आउन सक्ने व्यवस्था कानुनी व्यबस्थामा गरेको छ । यसैगरी निजी उपभोगको लागि कुनै व्यक्तिले एक पटकमा ५ लिटर रक्सी र १० लिटर सम्म जाँड बनाउन पाउने व्यबस्था छ । यसरी वर्षमा ६ पटक सम्म रक्सी बनाउन सकिने र यसको जानकारी अन्त शुल्क अधिकारीलाई दिनुपर्ने व्यवस्था गरेको छ । यस अर्थमा स्थानीय रक्सी किन पोखियो भन्ने प्रश्न उठने गर्दछ । यसैगरी बिहान १० बजे देखि बेलुका १० बजेसम्म मदिराजन्य पदार्थ बेच्न नपाइन,े १८ बर्ष मुनिका बालबालिकाले प्रयोग गर्न नपाइने, शैक्षिक संस्थाले मदिरा बेच्न नपाइने कानुनी व्यवस्था भएपनि ऐनको पुर्णरुपमा कार्यान्वयन नहुदा समय समयमा प्रहरीले अवैध मदिरा उत्पादन गर्नेहरुको मदिरा नष्ट गर्ने गरेको पाइन्छ । यद्यपि शान्ति, सुरक्षा कायम गरी समाजमा अमन चयन कायम गराउने प्रहरीले स्थानिय मदिरा किन पोख्छ भन्ने प्रश्न पटक पटक सुनिन्छ ।

राज्यले बनाएको नीति नियमको पालना गर्ने गराउने काम राज्य संयन्त्रको भएकोले यसको निरन्तर अनुगमन गरी कार्य सम्पादन गर्न सकेमा यस्ता गुनासो र समस्याहरु क्रमश हट्दै जाने देखिन्छ । स्थानिय उत्पादनलाई गुणस्तर कायम गर्ने गरी अनुमति दिएर अन्तशुल्कको दायरामा ल्याउन , उत्पादन तथा विक्रि वितरण गर्न सकिन्छ । यसबाट घरेलु मदिरा उत्पादन, बितरण, प्रयोग वैधानिक बन्नेछ । उत्पादन गर्न लुकिचोरी लाग्ने, कालो धन्दा गर्ने परिपाटीको अन्त्य भइ बिदेशी रक्सी आयातमा बर्षिनै खर्चिने पैसो बच्न गई कम्तिमा रक्सीमा भएपनि आत्मनिर्भर बन्न सकिन्छ ।

रक्सी, गाजा वा अन्य जुनसुकै समस्यासँग जोडिएर व्याख्या विश्लेषण गरेपनि समाज परिर्वतनका संवाहक, सचेत नागरिक स्थानीय प्रशासन सबैको संयुक्त प्रयास हुन जरुरी हुन्छ । एकले अर्काको कुरा काट्ने नीति, नियमको पालना गर्नुको सट्टा एक अर्कामा दोपारोपण गरी आफु ठीक र अरु बेठीक भन्ने मपाइत्वको खेलको अन्त्य नभए सम्म हाम्रा यस्ता प्रकारका सामाजिक समस्याहरु समाधान हुन सक्दैनन् । यस विषयमा राज्यको नीति निर्माण तहबाट समय अनुकुल नीति नियम बनाएर तिनैको पूर्ण रुपमा कार्यान्वयन गरी अगाडी बढ्न जरुरी छ । स्थानीय स्रोत साधनको प्रयोग गरी रव्सी बनाउनु र जिविको पार्जन गर्नु सरसर्ति हेर्दा जायज देखिए पनि नीति नियम कानुनको परिधि भन्दा बाहिर रहेर काम गर्नु उचित हुदैन ।

रक्सी एक पेय पदार्थ भएकाले यसको कम मात्रामा प्रयोग खुशीको कारण बन्छ, चिन्ता कम गर्दछ र सामाजिकता बढाउँछ । तर अधिक मात्रामा यसको सेवनले मतवालापन, मूर्खता, बेहोशी, वा मृत्यु निम्त्याउँछ । दीर्घकालीन प्रयोगले रक्सीको दुरुपयोग, क्यान्सर, शारीरिक निर्भरता निम्त्याउछ । सीएनएनको विश्वको ५० सब भन्दा मीठो पेय पदार्थहरूको सूचीमा नेपाली रक्सी ४१ औं स्थानमा राखिएको थियो । यसरी स्वदेशी मदिरा पोखेर विदेशी रक्सी आयात गर्दा र यसको वितरण र प्रयोग बाट राज्यले संकलन गर्न राजश्वको अनुपातमा स्थानीय रक्सीको उत्पादन प्रयोग, वितरणलाई व्यवस्थित गरी काम गर्न सकेमा अझै प्रभावकारी रुपमा स्व– रोजगार प्राप्त हुने र विदेशी पर्यटकलाई भित्राउन सकिने हुदाँ यस तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *