आफ्नै भतिजीलाई बलात्कार गर्ने युवा पक्राउ

आदर्श अनलाइन, पोखरा
आफ्नै भतिजी १४ वर्षीया बालिकालाई डरधम्की देखाई करणी गर्ने सर्लाही जिल्ला निवासी २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

ती युवाले वि।स। २०७६ पुस २ गते पोखरामा आफ्नै भतिजीलाई घरमा कोही नभएको अवस्थामा डरधम्ककी दिई पेटमा गर्भसमेत रही वि.स. २०७७ भदौ २९ गते छोरा समेत जन्मईदिएको भन्ने जाहेरीका आधारमा उनलाई आइतबार सर्लाहीवाट पक्राउ गरिएको हो ।

कास्की प्रहरीले सर्लाही प्रहरी कार्यालयमा समन्वयगरी उनलाई सलाहीबाट पक्राउ गरिएको हो । ती युवाविरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपगरी अनुसन्धान अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *