काँग्रेसद्वारा निसीखोलाका १ सय ९५ पहिरो पीडितलाई राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसले निसीखोला गाउँपालिकामा राहत हस्तान्त्रण गरेको छ ।

गत साउन र भाद्र महिनाको बाढि पहिरोका कारण विस्थापित बनेका, ज्यान गुमाएका परिवारका सदस्यलाई खाद्यान्न, नगद र जस्तापाता हस्तान्त्रण गरीएको छ ।

नेपाली काँग्रेसले संकलन गरेको रकम र विभिन्न सहयोगी दाताहरुबाट संकलित रकमबाट राहत हस्तान्त्रण गरीएको हो ।

जसमध्ये गाउँपालिकाको ७ वटै वडामा गरी १ सय ९५ परिवारलाई प्रति परिवारलाई ३० केजी चामल, २ केजी दाल, एक केजी नुन, चिनी, तेल हस्तान्त्रण गरीएको हो ।

बाढि पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई थप राहतस्वरुप निसीखोला वडा नम्बर १ मा १० हजार र अन्य ४ परिवारका निम्ति प्रति परिवार ७ हजार रुपैयाँका दरले राहत हस्तान्त्रण गरीएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी तिलबहादुर अधिकारीले बताउनुभयो ।

वडा नम्बर १ मा पूर्ण घर क्षेति भएका ३ परिवारका निम्ती ६ वन्डल, वडा नम्बर २, ३, ५ का परिवारका निम्ति १० वन्डल, वडा नम्बर ५ मा एक परिवारका निम्ति दुई वन्डल र वडा नम्बर ६ भल्कोटमा दुई परिवारका निम्ति चार वडन्ड जस्तापाता हस्तान्त्रण गरीएको नेपाल तरुणदल जिल्ला कोषाध्यक्ष एवम आर्थिक संकलन अभियान्ता देवेन्द्र घर्तीले बताउनुभयो ।

प्राकृतिक प्रकोपका कारण दुखमा परेका नागरिकको आलो घाउमा थेरै भए पनि सहयोग पुग्ने उद्देश्यले काँग्रेसले विभिन्न संघ संस्था र व्यक्तिहरुसँग आर्थिक संकलन गरि पीडित सामु पुगेर राहत हस्तान्तरण गरेको कांग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले बताउनुभयो ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले बाढी पहिरोका कारण निसी भूजी र तमान क्षेत्रमा ठूलो जन धनको क्षति पुगेको भन्दै उनीहरुलाई सहयोगको लागि कांग्रेसले सानो प्रयास थालेको बताउनुभयो ।

राहत हस्तान्तरण कार्यक्रममा उपसभापति तुलासिँह घर्ती, महाधिवेशन प्रतिनिधी निरज पुन, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधी एवम राहात संकलन अभियान्ता जित शेरचन, अर्जुन शेरचन, टेकराज पौडेल, सिंहबहादुर राना, तिलक अधिकारी, जिल्ला सदस्य खिमानन्द पौडेल, नेपाल महिला संघ केन्द्रीय प्रतिनिधी दिलमाया पौवी, नेपाल तरुणदल जिल्ला कोषाध्यक्ष देवेन्द्र घर्ती लगायतको सहभागिता रहेको थियो ।

कांग्रेसले आइतबार ढोरपाटनका बाढी पीडितलाई ४० लाखभन्दा बढीको राहत सामग्री हस्तान्तरण गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *