गण्डकीमा थप २ संक्रमितको मृत्यु, मृतक संख्या ३६ पुग्यो

आदर्श अनलाइन,पोखरा

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखा र नवलपुरका १/१ महिलाको उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ की ४५ वर्षीया महिलाको काठमाडौं र नवलपुरको कावासोती नगरपालिका ५ की ७७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

गोरखाकी महिलाको बयोधा अस्पताल, काठमाडौंमा १५ असोजमा मृत्यु भएपनि ढिलो गरी मृत्यु पुष्टि गरिएको हो । उनमा किड्नीको समस्या थियो । नवलपुरकी वृद्धामा पिसाब र श्वासप्रश्वासको समस्या थियो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *