नम्बर ५ को नाम लुम्बिनी

आदर्श अनलाइन, बुटवल
प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन्।

लुम्बिनी नाम राख्ने पक्षमा  ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

यसअघि राजधानी दाङ राख्न पक्षमा मत नदिएका कांग्रेसका १३ सांसदले पनि नाम लुम्बिनी राख्ने पक्षमा मत हालेका छन्।   

आजै प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ। दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए।

राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *