सिवाईसी सहकारीद्धारा ई—टेलर सेवा सुरु, बिना चेक पैसा झिक्न सकिने

सुवास आचार्य, बागलुङ
बागलुङ सदरमुकाममा रहेको एक सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई—टेलर सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्लामा ११ बर्ष अघि स्थापना भएको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले ११ औ समृद्धि दिवस पारेर ई काउन्टर सेवा शुभारम्भ गरेको हो ।

सहकारीका शेयर सदस्यलाई छिटोछरितो सेवा दिदै चेक लगायतका कागजी झझंट लाई न्युनि करण गर्दै ई—टेलर सेवा बाट भुक्तानी दिन शुरूवात गरेको छ । ई टेलर मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।

ई टेलर बाट भुक्तानी लिन चेकको झंझट नहुने मोवाइ एप मार्फत एक दिनमा १ लाख र एक महिनामा १० लाखसम्म भुक्तानी पाउने निति सहकारी बनाएको छ ।

सेवाको शुभारम्भ गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहकारीले ल्याएको कार्यक्रम प्रभावकारी भएको हुदा यसलाई दिगो र भरपर्दो बनाउन जरुरी भएको बताउनु भयो । प्रविधिलाई आत्मसाथ गर्नुका साथै सदस्यको सन्तुष्टीलाई मध्उनजर गरी डिजिटल बैंकिङ्ग कारोबार सदस्यको लागी खुसिको कुरा भएको बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सिवाइसीले गरेको कार्य प्रसंसनिय रहेको भन्दै अवका दिनमा सहकारी लाई उत्पादन संग जोड्न सकेको खण्डमा समृद्धि ल्याउन मद्दत पुग्ने बतानु भयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले सहकारीले ल्याएका कार्यक्रम प्रभावकारी भएको हुदा यसलाई अझै सदस्यमैत्री र पारदर्शी बनाएर जानुपर्ने धारणा राख्नु भयो ।

सहकारीले यस अघि रेमिटान्स सेवा ,मोवाइल बैकिङ, एटिएम ,क्यु, आर , कोड , मिस्डकल बैंकिङ सेवा ,ट्यालेट बैकिङ ,सुत्केरी पोषण सुविधा ,जेष्ठ नागरिक पेन्सन सुविधा ,एकल महिला पेन्सन सुविधा ,चौरासी पुजा सुविधा ,नयाँ बुहारी स्वागत कार्यक्रम ,छात्रवृत्ति कार्यक्रम ,औषधी उपचार सुविधा ,दुर्घटना राहत सुविधा ,प्राकृतिक प्रकोप राहत सुविधा ,बिमा सुविधा ल्याएको ल्याएको छ ।

११ हजार ७ सय २४ शेयर सदस्य ,२१ करोड ९८ लाख १८ हजार शेयर पुजी, १ अरब २७ करोड ८० लाख वचत, ९१ करोड ८ लाख ३ हजार ८ सय ६१ लगानी गरेको छ । दायित्व रहित कोष ६ करोड ७२ लाख ४९ हजार ४ सय ६१ रूपैयाँ रहेको सहकारीको कुल सम्पत्ति १ अरब ७१ करोड ४१ लाख ५४ हजार ४६ रूपैयाँ रहेको छ ।सहकारीको मुख्य कार्यालय सहित जिल्लाका ११ स्थानमा सेवा केन्द्रमा ६६ जना जनशक्ति कार्यरत रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता सिवाईसी सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता सहकारीका सहसचिव सुवास आचार्यको स्वागत र सचिव जयराम भारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

११ औ समृद्धि दिवस सहकारीले बुधबारनै सहकारीका सदस्य हरुलाई सदस्य शिक्षा कार्यक्रम समेत सम्पनन गरेको छ । विहिवार बागलुङ नगरपालिका ४ रमेटारमा डस्टविन वितरण ,पुर्व ुंचालक भेटघाट तथा अन्र्तक्रिया ,असल सदस्य परिचय पत्र वितरण, गाउँ टोल अभिमुखीकरण, सबै जुटौं–कोही नछुटौं, घरदैलो कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *