आदर्श अनलाइन, बागलुङ
पोखरामा शुक्रबार कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा ८ का ७८ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
वृद्धमा बुधबार स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा बिहीबार कोरोना पुष्टि भएको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार संक्रमित वृद्धमा ज्वरो, झाडापखाला र रुघाखोकी लगायतका समस्या रहेका थिए ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।