माछा र कुखुरापालनबाट मासिक एक लाख बचत

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका—३ कृषीगाउँका नारायणप्रसा दशर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर एक लाख रुपैँयाआम्दानी गर्छन् । तित्याङ जाने काठेखोला पुल नजिकै उनले बनाएका १० वटा पोखरीमा एक हजार भन्दा बढी नैनी, ग्रास कार्प, रहु, सिल्भर जातका सानाठुला गरी ३० हजार बढी माछा छन् ।

वि.स २०७० सालमा बाझो जमिन र खेर गइरहेको पानी देखेपछि माछापालन गर्ने सोच बनाएर शर्माले अहिले नारायण कृषि फर्म स्थापना गरी दैनिक माछा बिक्रिगर्ने गरेको बताए। जिल्लामा माछाको माग अत्याधिक रहेकाले माग अनुसारको माछा उत्पादन गर्न नसकिएको शर्माको भनाई छ ।

अहिले शर्माको फर्ममा ४० लाख रुपैँयाको लगानी छ । विगतमा विभिन्न व्यापार, कृषि तथा फर्निचरको व्यवसाय समेत गरेका शर्माले माछाबाट राम्रो आम्दानी हुन थालेपछि अहिले यसलाई नै बढी व्यवसायिक बनाएको बताउछन् । १० रोपनी क्षेत्रफलमा रहेको उनको फर्ममा माछा संगै १ हजार ४ सय बोइलर कुखुरा, एक सय बढी लोकल कुखुराहरु पनि छन् । उखु, केरा खेती पनि गरेका छन् ।

उखु, केराका पातहरु माछालाई नै आहारा हुने भएकाले फाइदा भएको शर्माको भनाई छ । उनले तित्याङ जोड्ने काठेखोलाको पुल नजिकै एउटा रेष्टुरेन्ट पनि खोलेका छन् । अहिले दैनिक रुपमा लोकल तथा स्वादिष्ट माछा खान मन पराउनेहरु सोही रेष्टुरेन्टमा जाने गरेका छन् ।

पोखरीबाट माछा छोपेर रेष्टुरेन्टमा माछा बनाएर खुवाउने योजना अनुसार शर्माले अझै थप लगानी बढाउन लागेको बताए । आफ्नो देश छोडेर विदेश जाने युवाहरुका लागि उनले नेपालमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । उनको यो पेशामा घर परिवारको सहयोग पनि उत्तिकै छ । दाजुभाई तथा छोराछोरीले समेत शर्मालाई काममा धेरै सहयोग गर्छन् । थप दुई जनालाई रोजगारी दिएको बताएका छन् ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प भएको व्यवसायलाई अगाडी बढाउनका लागि परिवारको साथले धेरै सहयोग मिलेको शर्माले बताए ।

कोरोना भाइरसका कारण बाहिरबाट कुखुराका चल्ला ल्याउन समस्या भएपछि उनले अण्डाबाट कुखुराका चल्लाकोरल्ने ह्याचरी मेसिन पनि राखेका छन् । स्थानीय एक युवाले नै निर्माण गरेको त्यस ह्याचरी मेसिनबाट अहिलेसम्म २ सय ५० वटा चल्ला निकालि सकेको शर्माले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *