बागलुङ बजार अनुगमन : ‘नागरिकले माक्स समेत लगाएका छैनन्’

डम्मर बुढा मगर, बागलुङ
जिल्ला सुरक्षा समिति बागलुङले बजार अनुमगन गरेको छ ।

सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको टोलीले बजारमा बिना माक्स हिड्ने र सवारीमा यात्रा गर्ने यात्रुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

बजार अनुमगनका क्रममा नागरिकहरु अनावश्यक हिँडडुल गरेको, स्वास्थ्य सुरक्षा मापदण्डलाई नअपनाएको, गाडीमा यात्रा गर्ने यात्रुहरुले माक्स समेत नलगाइएको पाइएको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । उहाँले नागरिकहरुले स्वास्थ्य सुरक्षा नअपनाई हेलचक्राइ गरेको बताउनुभयो ।

‘नागरिकले साह्रै हेलचक्राई गरेको पाईयो माक्स समेत लगाएका छैनन्, सवारी चालकल्े समेत माक्स प्रयोग गरेको पाइएन,’ प्रजिअ न्यौपानेले भन्नुभयो ‘उनीहरु सबैलाई सम्झाएका छौँ, अर्को पटक पनि यस्तै हेलचक्राई गरेको पाइयो भने कारवाही गछौँ ।’

बजारमा आवश्यक हिँडडुल गर्ने र सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डलाई नपानाउने यात्रु,
चालक र व्यवसायीलाई सम्झएको भन्दै अर्को पटक अटेरी गरेको पाइएमा कारवाही गर्ने न्यौपानेले बताउनुभयो ।

उहाँले बजारका व्यवसायीहरुले पनि स्वास्थ्य सुरक्षा नअपनाएको भन्दै उनीहरुलाई पनि स्वास्थ्य निमय पालन गर्न लगाएको बताउनुभयो ।

सडकमा बिना माक्स यात्रा गर्नु यात्रुलाई उद्योग वाणिज्य संघ बागलुङले माक्स वितरण गरेको थियो । अनुमगनमा प्रजिअ न्यौपानेसहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, शसस्त्र, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *