अघि बढ्यो बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम

आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरस र लामो वर्षातका कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्रे गर्ने काम पुन अगाडि बढेको छ । गत आर्थिक मसान्त २०७६/०७७ भित्रै धावनमार्गको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिएपनि शुरुमा कोराना भाइरस र लगाताको वर्षातका कारण विमानस्थलको काम प्रभावित बनेपनि वर्षा रोकिएपछि कालोपत्रेका लागि आवश्यक कामले तिव्रता पाएको छ ।

कालोपत्रेका लागि बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रेको पूर्वाधार निर्माणको कार्यले पुन गति लिएको हो ।

विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का मार्फत २०७६ फागुनमा काम शुरु गरेको भएपनि बन्दाबन्दी र वर्षातका कारण कालोपत्रे गर्ने कार्य प्रभावित बन्दै आएका कारण धावनमार्ग कालोपत्रेको काम केहि समय धकेलिएको छ ।

अहिले धावनमार्गको कालोपत्रे गर्ने भागको कटिङ सकिएर ग्राधेलको काम शुरु गर्न थालिएको कालोपत्रेको जिम्मा ल्याएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुका आधिकारीक प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो ।

“हामीले शुरुमा कोरोना भाइरस र लगाताको वर्षातका कारण काम गर्न सकेका थिएनौंं” थापाले भन्नुभयोे “वर्षात रोकिएपछि दुईहप्ता अगाडिदेखि निर्माणमा तिव्रता दिदा कटिङको काम सकिएको छ, ग्राभेल संकलन गरिरहेको र तिहार लगत्तै ग्राभेल गरिने छ ।”

अहिले कालोपत्रेका लागि चाहिने ग्राभेल कालिगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ । विमानस्थलको सबैभन्बा बढी समय लाग्ने कटिङलाई लाग्नेभएपनि पूर्ण रुपमा कटिङको काम सकिएर ग्राभेल विच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ । निरन्तरको पहलपछि वलेवा विमानस्थल कालोपत्रेले सार्थकता पाउन थालेको संघीय सांसद डा. सुर्य पाठकले जानकारी दिनुभयो ।

तीह पछि ग्राभेल सक्ने र जाडो याम सकिदासाथ कालोपत्रे गरी आगमी वैशाख सम्म विमानस्थलको निर्माण कार्य सक्ने ठेकेदार कम्पनीको दावी रहेको छ । धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षिय योजना अन्र्तगत पहिलो चरणमा रु. चार करोड रकम बिनियोजन गरेको थियो ।

२०७७ फागुन महिना भित्र विमानस्थलको ७०० मिटर लम्बाई तथा २२ मिटर चौडाई धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खु संग रु.सात करोडमा ठेक्का सम्झौता गरेका थियो । कोरोना र वर्षातका कारण निर्माणमा ढिलाई भएका कारण सम्झौता अवधिभित्रै धावनमार्ग कालोपत्रेका लागि समस्या हुने देखिएको छ ।

विमानस्थलको धावनमार्ग र विमान पार्कीङ कालोपत्रे संगै विमानस्थल क्षेत्रको तारबार र नाली निर्माण गरिने छ । निर्माण कम्पनीका कारण कालोपत्रेमा ढिलाई नभएपनि कोरोना र वर्षातका कारण समस्या भएको भएपनि पछिल्लो समय निर्माणले गति दिएको नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि दिपक बगालेले जानकारी दिनुभयो । बगालेका अनुसार धावनमार्ग माटोको सतहबाट १४ इन्च ग्राभेल र २ इन्च कालोपत्रे गरिनेछ ।

२६ वर्ष देखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाईन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधार र धावमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *