बागलुङ क्षेत्र नम्बर एक भित्रका ७६४ खरका छाना विस्थापित गरिँदै

आदर्श अनलाइन, बागलुङ
बागलुङ क्षेत्र नम्बर १ अन्र्तगत रहेका चार पालिकाकाका ७ सय बढी घरका खरका छाना विस्थाति गरिने भएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत ७६४ घरमा रहेका घरका छाना विस्थापित गरी जस्तापाताले घर छाइने भएको हो ।

खरको छाना विस्थापित हुँदा हरेक बर्ष छाउनु पर्ने समस्याको अन्त्य र आगलागीका घटनामा समेत कमी ल्याउन मद्दत पुग्नेछ । स्थानीय सरकारले शुरु गरेको खरको छाना मुक्त गर्ने अभियानलाई सकरात्मक कदमका रुपमा लिइदै आइएको छ ।

स्थानीय तहले निर्वाचित भए पश्चात खरका छाना विस्थापित गर्ने कार्यक्रम ल्याए पनि थोरै बजेटका कारण पालिकाका सबै खरका छाना विस्थापित गर्न नसकिएका कारण संघीय सरकारले आगामी दुई वर्ष भित्रमा खरका छाना विस्थापित गर्ने गरी कार्यक्रम स्विकृत गरेको संघीय सांसद तथा सुरक्षित नागरिक आवास समन्वय समिति बागलुङका संयोजक डा.सुर्य पाठकले जानकारी दिनुभयो ।
स्थानीय तहले संकलन गरेको खरका छानाको संख्याका आधारमा कार्यक्रम स्विकृत भएर आएको डा.पाठकको भनाई छ । “अबको दुई वर्ष भित्र सक्ने गरी क्षेत्र नम्बर १ का सबै खरका घरमा जस्ता लाइनेछ” सांसद पाठकले भन्नुभयो “खरका छानामुनी बस्नुभएका नागरिकलाई सुरक्षित आवासका लागि स्थानीय तहको संयोजनमा संघीय सरकारले काम थालेको हो ।”

डा. पाठकका अनुसार, ७ सय ६४ घरका लागि प्रति परिवार रु.५० हजार बराबरको जस्तापाता उपलव्ध गराइनेछ । जसका लागि बागलुङ क्षेत्र नम्बर १ मा मात्रै तीन करोड ८२ लाख खर्च गरिनेछ ।
यसवर्षनै अधिकांश घरमा रहेको खरको छानो विस्थापित गरिने भए पनि छुट भए अर्को वर्ष यस क्षेत्रलाई खरको छानो मुक्त गरिनेछ । स्थानीय सरकारले गर्दै आएको कामलाई संघीय सरकारले निरन्तरता दिएकाले नागरिकले छिट्टै खरको छाना मुक्त घर पाउने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

खरको छाना विस्थापित हुनेमा बागलुङ नगरपालिकामा १ सय ६४ घर, जैमिनी नगरपालिकामा २ सय ३० घर, बरेङ गाउँपालिका ९६ घर र काठेखोला गाउँपालिका १ सय ७४ घर छन् । स्थानीय तहले आफ्नो पालिकामा विस्थापित गर्न बाँकी रहेका खरको छाना भएको घरको विवरण संघीय सरकारलाई पेश गरे पछि कार्यक्रम स्विकृत भएर आएको हो ।

यस्तै बढी मात्रमा खरका छाना सहितको घर भएको जैमिनी नगरपालिकामा संघीय सरकारले विषेश अनुदान मार्फत रु.एक करोड २० लाख बजेट स्विकृत भएर आएको संघीय सांसद पाठकले जानकारी दिनुभयो ।

गरिबीका कारण खरका छाना हटाउन नसकेका स्थानीयलाई सरकाले खरको छाना मुक्त गर्ने योजना ल्याए विपन्न समुदायलाई राहत हुनेछ ।

बागलुङ नगरपालिका, जैमिनी नगरपलिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपािलकाले तीन वर्षदेखिनै गरिबि र घरको अवस्थाका आधारमा खरका छाना विस्थापित गर्दै आए पनि पूर्ण रुपमा पालिकालाई खरको छाना मुक्त गर्न सकिएको थिएन । नागरिकको सुरक्षित आवास भए मात्रै अन्य विकास गर्न सकिन भएकाले खरका छाना मुक्त गर्ने अभियान चलाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *