कुस्मिशेरामा जीप दुर्घटना, ७ जना घाइते

आदर्श अनलाइन, बागलुङ

कुस्मिशेरामा जीप दुर्घटना भएको छ । बागलुङ बजारबाट कुश्मीशेरातर्फ जाँदै गरेको ग १ च ९३१७ नम्बरको पिकअप जीप जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ७ जना घाईते भएका छन् । घाईते सबैको अवस्था सामान्य रहेको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ ।

यो पनि पढ्नुहोस्