बागलुङका प्रहरीमा कोरोनाको सकसः थुनुवा सहित २२ संक्रमित, दुई निको

डम्मर बुढा मगर, बागलुङ
जिल्ला प्रहरी कार्यलय बागलुङमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ ।

बिहिवार साँझ सम्म ८६ जनाको परीक्षण गरिएकोमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । १९ जना मध्ये २ जना निको भएर काममा फर्किएको उहाँको भनाई छ ।

प्रहरीसँगै हिरासतमा रहेका थुनुवामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । हिरासतमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि उनीहरुलाई धौलागिरी अस्पताल र धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा १ सय ५ जना प्रहरी कार्यरत छन् । अझै १९ जनाको परीक्षण गर्न बाँकी रहेको रेग्मीको छ । उच्च सतर्कताका साथ काम गर्दा गर्दै पनि केही प्रहरीमा कोरोना पुष्टि भएको सूचना अधिकारी रेग्मीको भनाई छ ।

संक्रमित मध्ये ३ जना धौलागिरी अस्पताल र १४ जना धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको रेग्मीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

कार्यालयमा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि हिरासतमा रहेका २० जना थुनुवालाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर छुट्टा छुट्टै कोठामा राखिएको उहाँको भनाई छ । उनीहरुको पनि केही दिनमा परीक्षण गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *