जैमिनीमा घाइते भेटिएका नेपाली सेनाको मृत्यु, अनुसन्धानको लागि ५ जना प्रहरी नियन्त्रणमा

डम्मर बुढा मगर, बागलुङ
जैमिनीको छिस्तीमा घाइते अवस्थामा भेटिएका एक नेपाली सेनाको मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर १ घर भएका ३५ वर्षीका तोरणबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

कालीगण्डकी कोरिडोरमा काम गर्दै आएका उनको पोखराको मणीपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रेग्मीले जानकारी दिनुभयो । मृतक सेनालाई उपचारको लागि बिहिबार पोखरा लगिएको थियो ।

मृतक थापा जैमिनी नगरपालिकाको बेलबगर खोलाछेउमा बेहोस अवस्थामा फेला परेका थिए । घाइते अचेत अवस्थामा फेला परेका उनी यस्तो अवस्थामा कसरी पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको रेग्मीको भनाई छ ।

यसको अनुसन्धानको लागि प्रहरी निरिक्षक दिपक रिजालको टोली घटनास्थलमा खटिएको सूचना अधिकारी रेग्मीको भनाई छ । प्रहरीले १ महिला र ४ जना पुरुष गरी ५ जनालाई अुसन्धानको लागि जिल्ला ल्याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *