बागलुङको सबै शक्तिपीठ तथा मठ मन्दिरमा प्रवेशमा निषेध

आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले मठमन्दिर तथा शक्तिपीठहरुमा जान रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका सबै वडाहरुमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा प्रवेश गर्न रोक लगाएको छ ।

दुर्गा भगवती पण्डालहरुमा नित्य पूजा बाहेक मन्दिर र शक्तिपिठहरुमा रोक लगाएको सूचनामा उल्लेख गरिएको छ । शुक्रबार रातीदेखि आगमी कार्तिक ९ गते रातीसम्म सबै मन्दिरमा प्रवेश निषेध गरेको बताइएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालद्वारा जारी गरेको सूचनामा यो अवधीमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव तथा सबै धर्म संस्कृति प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु सार्वजनिक रुपमा गर्न निषेश गरिएको उल्लेख छ ।

वडादशैंमा घटस्थापनादेखि नवमीसम्म जिल्लाका सबै १० वटै स्थानीय तह अन्तर्गत ८५ वटै वडामा रहेका सबै शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गर्ने दुर्गा भगवतीको पण्डालमा नित्य पूजा बाहेक दर्शनका लागि मन्द्यिर तथा मन्दिर परिसर क्षेत्रमा सर्वसाधारणले प्रवेश गर्न पाउने छैनन् ।

क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फुटसल, खेलकुद स्थल जिमखाना फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, लगायतका सेवा तथा स्थलहरु खोल्न र सञ्चालन गर्न पनि निषेध गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *