ढुङ्गाले लागेर गम्भीर घाइते भएका ढोरपाटन–४ का खत्रीको मृत्यु

टिकाराम भट्टराई, बुर्तिबाङ

ढोरपाटन नगरपालिकामा दुर्घटनामा परी गम्भीर घाइते बनेका सक बहादुर खत्रीको ज्यान गएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ४ थार ओडारमा डोजरले सडक पन्छाउने क्रममा खसेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका खत्रीकाे ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी उपरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

शुक्रबार दिउसाेको उनको उद्धार गरी स्थानीय र प्रहरीले हेलिकप्टर मार्फत काठमाण्डौं स्थित टिचिङ अस्पताल पठाइएको थियो ।

तमानखोलामा माछा मार्न बस्नु भएका खत्रीलाई अचानक माथिदेखि खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएको थियो । घाईते खत्रीको घाटी र टाउकोमा ठूलो चोट लागेको खुंखानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सन्दिप क्षेत्रीले बताउनुभयो ।

दुर्घटनामा घाइते हुनुभएका खत्रीको अवस्था गम्भीर भएसगैँ हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *