बागलुङमा २ जनामा कोरोना पुष्टि

आदर्श अनलाईन, बागलुङ
बागलुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा जैमिनी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

जैमिनी नगरपालिका वडा नम्बर ७ का ४९ वर्षीय पुरुष र वडा नम्बर ९ का ४२ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु दुबै जनालाई नगरपालिकाले निर्माण गरेको आइशोलेसनमा राखिएको निर्देशनलायले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *