अमलाचौरका ६६ विपन्न परिवारलाई सहयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१२ अमलाचौरका ६६ विपन्न परिवारलाई वडा दशैको अवसरमा खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

विश्वकर्मा कल्याणकारी समाज युकेको सहयोग र नेपाली वेयल फेयर सोसाईटीको समन्वयमा प्रती परिवार २५ किलो चामल, चार पोका खाने तेल र दाल वितरण गरिएको हो ।

कोरोनाको कारण रोजगार विहिन तथा मजदुर परिवारलाई दशैको अवसरमा सहज चाडपर्व मनाउन सहयोग गर्ने उदेश्यका साथ दशैको अवसरमा सहयोग गरेको राहत वितरणका संयोजक टिकाकुमारी विकले जानकारी दिनुभयो ।

बाँचौ र बचाउ अभियान अन्तर्गत समाजले नेपालमा बाढी पहिरो पीडित, जातिय छुवाछुतको घटना तथा कोरोनाको कारण पीडामा रहेका दलित समुदायलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएको विश्वकर्र्मा कल्याणकारी समाज युकेका अध्यक्ष चन्द्र बहादुर सुनारले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका बागलुङ जिल्ला ईन्चार्ज वलावति शर्माले विदेशमा आफ्नो छाक काटेर पीडामा रहेका नेपालीलाई सहयोग गर्नु अनुणिय कार्य भएको बताउनुभयो । उहाँले विपन्न परिवारलाई राज्यले विशेष पहल र प्याकेज कार्यक्रम संचालन गर्नुपर्नेमा जोडदिनुभयो ।

कोरोनाको कारण छाक टार्न समस्यामा परेका परिवारलाई वडा कार्यालयले पनि खाद्यान्न सहयोग गरेको वडाध्यक्ष गुरूदत्त पाठकले बताउनुभयो । वडाध्यक्ष पाठकले दशैको खानपिन, दान दक्षिण तथा घरमाईत जाने विषयमा आफ्नो क्षमता र कोरोनाको त्रासलाई ख्याल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अन्तरपार्टी महिला संजाल बागलुङका अध्यक्ष कुशुम बुढा मगर, नेपाली काग्रेस बानपा–१२ का वडा सभापति कोपिलामणी शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन निसीन विकले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *