आदर्श अनलाइनन, बागलुङ
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार दिउसो पोखरा महानगरमा ७१ नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका २ का १ पुरुष , ४ का २ पुरुष, ५ का २ पुरुष तथा ६ महिला , ६ का १ पुरुष तथा २ महिला, ७ का ९ पुरुष, ८ का २ पुरुष तथा २ महिला , ९ का १८ पुरुष तथा ३ महिला, १० का ५ पुरुष तथा १ महिला, , १४ का १ पुरुष, १७ का ३ पुरुष तथा २ महिला, १९ का १ पुरुष, २० का १ पुरुष तथा १ महिला, २९ का २ पुरुष, ३० का १ पुरुष ३३ का १ पुरुष तथा चरक मेमोरियल अस्पतालमा नमुना संकलन गरिएका ४ महिला तथा १ पुरुष रहेका छन् ।
त्यस्तै तनहुँको ब्यास २ का ३ पुरुष तथा १ महिला, ३ का १ पुरुष तथा १ महिला, ४ का १ पुरुष तथा २ महिला, १० का १ पुरुष , ११ का २ पुरुष तथा १ महिला , वडा नखुलेका २ पुरुष तथा १ महिला, भिमाद ५ का १ पुरुष तथा लमजुङ सुन्दरबजारका २ पुरुषमा कोरोना देखिएको छ ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ८ पुगेको छ ।