आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
बिहिबार साँझ ५ बजे उनकाे मृत्यु भएको बताइएको छ ।