आदर्श अनलाइन, बागलुङ
पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका पोखरा १५ का ८१ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।