कोरोनाले पोखरामा ६२ वर्षीया महिलाको मृत्यु

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा ९ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहेकी महिलाको आज बिहान ८ बजे निधन भएको हो ।

उनमा कोरोनासहित निमोनिया, डाइबिटिजको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रदेशमा ७ हजार ३ सय १६ संक्रमितमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *