चुरोट सल्काउने क्रममा आगलागी हुँदा ४ जना घाइते

आदर्श अनलाइन, पोखरा
चुरोट सल्काउने क्रममा आगलागी हुँदा पोखरामा ४ जना घाइते भएका छन् ।

पोखरा  १९ पुरन्चौरस्थित सिता गौतमको घरमा  ग्यास लिक भएका कारण चुरोट सल्काउने क्रममा शनिबार बिहान ४ बजे  आगलागी हुँदा घरमा डेरा गरि बस्ने ४ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

टिनको छानो भएको कच्चि घरमा भएकोआगलागीमा गोरखा स्थायी घर भएका ५४ वर्षीय शेर बहादुर गुरुङ,  ४५ वर्षिया देउ कुमारी गुरुङ, १५ वर्षीय कृष्ण गुरुङ र  ३७ वर्षीय मन बहादुर गुरुङ घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रवावु रेग्मीले जानकारी दिनुभयो ।

डिएसपी रेग्मीका अनुसार घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । घाइते मध्ये शेर बहादुर  तथा देउ कुमारीको अवस्था मध्यम रहेको र अन्य २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *