लकडाउन गर्न उद्योग वाणिज्य संघको आग्रह

आदर्श अनलाइन, बागलुङ 
कोरोना संक्रमण बढ्न थालेपछि बागलुङ उद्योग वाणिज्य संघले लकडाउन गर्न आग्रह गरेको छ । संघले १४ दिनका लकडाउन गर्नका लागि जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकालाई अनुरोध गरेको छ ।

संघको आइतबार बसेको बैठकले समुदायमा थप संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै लकडाउनको लागि अनुरोध गरेको हो ।संक्रमण थप फैलिन नदिनका लागि आफुहरु व्यवसाय बन्द गर्न तयार रहेको भन्दै संक्रमण न्यूनिकरणका लागि आफूहरुले सक्दो सहयोग गर्ने संघका महासचिव नरेश कँडेलले बताउनुभयाे ।

उहाँले बैंक वित्तीय संस्थासहित अन्य व्यवसाय १४ दिन बन्द गर्ने गरि जिल्ला प्रशासन र बागलुङ नगरपालिकालाई पत्रचार गरेको बताउनुभयो ।‘बैंक तथा वित्तीय संस्थासहित सबै व्यवसायहरु १४ दिनसम्म बन्द गरौँ, हामी कन्ट्रायक टेसिङ लगायतका विषयमा सहयोग गछौँ भनेका छौँ,’ महासचिव कँडेलले भन्नुभयाे ‘यदि सयमै सजकता अपनाउन सकेनौँ भने डरलाग्दो अवस्था आउन सक्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *