बढ्दो कोरोना संक्रमण : पश्चिम बागलुङमा छैन स्वास्थ्य मापदण्डको पालना

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा दिन प्रतिदिन कोरोना संक्रमितको दर बढिरहेको छ । संक्रमणको दर तीव्र गतिमा बढेपनि आम नागरिकले यसको बेवास्ता गरि खुलेआम हिड्डुलगरिहेकाछन् सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई समेत अपनाएको पाइँदैन ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा केही मात्रामा मापदण्डको पालन गरेको पाइए पनि पश्चिम क्षेत्रमाभने कोरोना संक्रमणबाट जोगिने कुनै पनि उपाएन नअपनाएको पाइएको छ । यसले गर्दा संक्रमणको भयावह अवस्था आउन सक्ने देखिन्छ ।

बुर्तिबाङ बजारदेखि निसी, भूजी, तमान, रुकुम, रोल्पा र काठमाडौँ, पोखरा लगायतका स्थानमा संचालनहुने यातायातमा समेत स्वास्थ्य मापदण्डका कुनै पनि नियमपालना गरेको पाइदैन ।

विभिन्न देश तथाबढी संक्रमित भएका ठाउँबाट आएका नागरिकहरु सिधै गाउँ घरमा पुग्ने गरेको स्थानीयको भनाई छ । यसरी बाहिरबाट आउनेहरु सिधै गाउँ र घरमा प्रवेशगर्दा संक्रमणको जोखिम बढेको निसीखोला गाउँपालिका वडानम्बर ७ का मिलन घर्तीले बताउनुभयो ।

‘विदेश तथा ठूला शहरबाट आएका सबै गाउँमा सिधै प्रवेश गरेका छन् । होम क्वारेन्टिनमा नबसी गाउँभर डुल्छन्, यसले गर्दा जोखिम धेरै बढेको छ,’उहाँले भन्नुभयो‘सरकारले पनि केहीगर्न सकेन,अब, घर–घरमा कोरोना छिर्छ ।’ गाडीमा हिड्ने अधिकांशले माक्स समेत नलगाउने गरेको भन्दै सरकारले थपकडाइ नगरेर यसको नतिजा नराम्रो आउने उनको भनाई छ ।

सरकारले यातायात संचालनगर्दा सिमित सिटमायात्रु राख्ने, फेसमास्क अनिवार्य लगाउनु पर्ने र साथमा स्यानीटाइजर राख्नु पर्ने भनेको छ । निसी, भूजी र तमान क्षेत्रमाचल्ने गाडीमा कसैले पनि माक्सको प्रयोग गरेको पाइदैन भने गाडीमा कोचाकोच यात्रु राखेको स्थानीय किरणमगरले बताउनुभयो ।

‘यतातिर चल्ने गाडीमा कसैले पनिमाक्स लगाउँदैन,कोरोना सोरोनालाग्दैन भनेर बेवास्तागर्छन्,’ उहाँले भन्नुभयो ‘गाडीमा माक्स स्यानीटाइजरको कुरा तत्यस्तै हो गाडी चालक र सहचालक कसैले पनिमाक्स लगाउँदैनन् ।’

जिल्ला प्रहरी कार्यालय बागलुङले चाडबाडको अवसरमा जिल्ला भित्रिने नाकामा कडाइ गरेएको बताएपनि केही स्थानमा बाहेक चेक पोस्ट नभएको पाइएको छ । चेक पोस्ट भएको स्थानमा पनि खास्सै व्यवस्थितन भएको यात्रुहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले चेकिङलाई कडाइपारेको बताउनुभयो । उहाँले गाडीमा यात्रा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनको लागि चालक लगायत यात्रुलाई आग्रह गरेको बताउनुभयो ।

यातायातलाई व्यवस्थित रुपमा संचालन गर्न र कोरोना संक्रमणबाट जोखिनको लागि चालक र यात्रु दुबै सजकबन्नु पर्ने उहाँको भनाई छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले मुख्य–मुख्यठाउँमा चेकिङ गर्ने गरेको र पटक–पटक जनसचेतना मुलक कार्यक्रम गरिरहेको बताउनुभयो ।

‘हामीले मुख्यठाउँहरुमा चोकिङ गरिरहेका छौँ, तर त्यस्तो पाइएको छैन, यस्तो विषयमा नागरिक स्वएमं आफै पनि सजक बन्नु पर्नेहो,’प्रहरी निरीक्षक भण्डारीले भन्नुभयो ‘चालक यात्रु सजक नभए सम्म संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ ।’

जिल्लामा हालसम्म संक्रमित ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टिभएको छ । जस मध्य ५ सय ४ जना कोरोनामुक्त भएर घर फर्कि सकेका छन् भने १ सय ७९ जना होम आइशोलेसन तथा आइशोलेसनमाउपचाररत छन् ।

जिल्लामा ४ जनाको संक्रमणबाट ज्यानगएको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । अहिले ४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *