७८ हजार नगदसहित बागलुङमा पाँच जुवाडे पक्राउ

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले आज ५ जना जुवाडे पक्राउ गरिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ श्रीमाया थापाले संचालन गरेको होटल बिसौनीको भुइँ तलामा जुवा खेलिरहेको अवस्थामा नगद रु.७८ हजार १०० सहित पाँच जनालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

पक्राउ पर्नेहरूमा बागलुङ नगरपालिका वडा ४ बस्ने जाविर हुसेन, अख्तर हुसेन, लोकेन्द्र थापा क्षेत्री, श्रीमाया थापा क्षेत्री र पर्सा बिरगंजका मनिलाल राम ३ बुक तास सहित पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ । पक्राउ गरिएका पाँचै जनालाई जुवा ऐन अनुसार कार्वाही गरिने प्रहरीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्